राँझामा बिष्टको घरदैलो : जनसंवाद, विश्वास र चुनावी आधार सुदृढ गर्दै
नेपालगन्ज १४ फागुन : बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आज विहानैदेखि घरदैलोलाई तीव्रता दिएका छन् ।
यसअघि हिजो राँझाका विभिन्न बस्ती र टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए । घरदैलो अभियानमार्फत उनले स्थानीय बासिन्दासँग संवाद गर्दै समर्थन जुटाउने प्रयास गरेका हुन् ।
यो पनि खडैचामा उम्मेदवार बिष्टसको घरदैलो, स्थानीय उत्साहित
राँझाका गल्ली–चोकमा पुगेर बिष्टले नागरिकका समस्या सुन्नुका साथै आफ्नो विकास दृष्टिकोण प्रस्तुत गरे । खानेपानी, सडक पूर्वाधार, रोजगारी र शिक्षा–स्वास्थ्यजस्ता आधारभूत विषयमा स्थानीयको चासो रहेको पाइएको छ। उनले ती विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
यो पनि नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो
अभियानमा नेपाली कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर) लगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो । संयुक्त उपस्थितिले संगठनात्मक एकता र समन्वयको सन्देश दिएको सहभागीहरू बताउँछन् ।
घरदैलो क्रममा बिष्टले मतदातासँग आत्मीयता बढाउने प्रयास गर्दै “प्रतिनिधि भनेको जनताको आवाज संसदसम्म पु¥याउने माध्यम हो” भन्ने धारणा राखे । स्थानीय युवासँगको भेटमा रोजगारी र उद्यमशीलताका सम्भावनाबारे छलफल भएको थियो भने ज्येष्ठ नागरिकसँग सामाजिक सुरक्षा र सेवा पहुँचबारे कुरा उठेको थियो ।
यो पनि जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता
यो पनि हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता
राँझाको घरदैलो अभियानले चुनावी मैदानमा बिष्टको सक्रिय उपस्थिति मात्र होइन, मतदातासँग विश्वासको सेतु निर्माण गर्ने प्रयास पनि देखाएको छ। आगामी दिनमा यस्तो प्रत्यक्ष संवादले मतपरीणाममा कस्तो प्रभाव पार्छ, त्यसको उत्तर भने मतपेटिकाले नै दिनेछ।
यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै
यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता
यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि
यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद
यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता





0 Comments