क्रिकेट रंगशालामा इस्तियाकको ‘अर्जुनदृष्टि’
नेपालगन्ज १४ फागुन : कुनै बेला नेपालगन्ज क्रिकेट खेलाडी उत्पादनमा गर्ने शहरका रुपमा चिनिन्थ्यो । यहाँबाट निस्केका धेरै खेलाडीले राष्ट्रिय जर्सी लगाए ।
मंगलप्रसाद माविको खेल मैदान खुल्ला हुँदासम्म नेपालगन्जले क्रिकेट खेलाडी उत्पादन गर्याे भन्दा हुन्छ । स्कुलले पढाईमा डिष्टर्व भयो भनेर जवदेखि मैदानमा कडाई गर्याे, खेलाडीले खेल्न पाएनन् ।
यही मैदानमा खेलेर महेश क्षेत्री, अविनाश बोहराले राष्ट्रिय जर्सी लगाए । अझ नेपालको पहिलो महिला राष्ट्रिय टिममा कप्तान नेरी थापा, उपकप्तान ममता थापासहित ७ जना एकैपटक परे । यो पुस्ताको खेल मैदान पनि त्यही एमपी स्कुलको चौर थियो ।
पछिल्ला समयमा यहाँबाट राष्ट्रिय टीममा कोही परेका छैनन् । यो यस क्षेत्रका लागि बिडम्बनाको विषय हो ।
नेपालगन्जको क्रिकेट किन खस्कियो त ? बाँके जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष दुर्गा थापा भन्छन्, ‘खेल मैदान नहुनु सबैभन्दा ठूलो कारण हो ।’ उनका अनुसार, खेल मैदान नहुँदा अभ्यास गर्न पाएका छैनन् । जब अभ्यास हुँदैन भने खेलको विकास हुने कुरै भएन ।
यो पनि इश्तियाक राईलाई भूमिहिन र सुकुम्बासीको साथ
यो पनि मतदाताका घरघर पुग्दै इश्तियाक राई
यो पनि चुनावी एजेण्डा बोकेर उम्मेदवार राई मतदाता माझ
यो पनि नेपालगन्ज– १ मा इश्तियाक राईको घरदैबलो र कोण सभा
नेपालगन्जमा क्रिकेट रंगशाला अति आवश्यक छ । यो कुरालाई एमालेका उम्मेदवार इस्तियाक राईले गम्भीरतापूर्वक लिएका छन् । राईले आफ्नो चुनावी प्रतिबद्धताको एक नम्बर बुँदामा आधुनिक क्रिकेट रंगशाला बनाएर क्रिकेटको केन्द्रको रुपमा नेपालगन्जलाई पुनर्पहिचान गराउने कुरा उल्लेख छ । राईले क्रिकेट रंगशाला निर्माणलाई अर्जुनदृष्टि बनाएका छन् । एउटा रंगशाला हुने बित्तिकै नेपालगन्जमा क्रिकेट फर्किने मात्रै होइन, शहरको चिनारी र खेल पर्यटकीय क्षेत्र हुन सक्छ ।
यो पनि पारस्परिक सम्मान र सद्भाव हाम्रो परिचय बनोस्ः इश्तियाक राई
यो पनि ‘सडक, ढल र रोजगारीलाई प्राथमिकता दिने’ इस्तियाकको प्रतिबद्धता
यो पनि एमाले उम्मेदवार राईको प्रतिबद्धता सार्बजनिक, ‘समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता’ नारा
त्यो कसरी ? राईको चिन्तन छ, भारत र पाकिस्तान एक–अर्काको देशमा गएर म्याच खेल्दैनन् । नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाएर सुरक्षाको प्रत्याभूत गरेर ती दुई राष्ट्रका खेलाडीलाई यहाँ ल्याएर म्याच खेलाउन सकिन्छ । यति गर्ने हो भने नेपालगन्जमा खेल पर्यटक बढ्छ । शहर गुल्जार हुन्छ, आर्थिक रुपमा चलायमान हुन्छ ।
इस्तियाकले मन्त्री हुँदा धेरै भौतिक संरचना बनाएका छन् । विकासप्रेमी राईले क्रिकेट रंगशाला बनाउने कुरालाई जोड दिएर नवयुवाको मागलाई सम्बोधन गरेका छन् ।
खेल र खेलाडीले शहरको ओेजलाई बढाउँछन्, राष्ट्रलाई चिनाउँछन् । यस्ता गहना उत्पादन गर्न राईले प्राथमिकता दिएर एक नम्बरको एजेण्डामा समेटेका छन् ।
यो पनि एमालेको आन्तरिक विश्लेषण : बाँकेमा एउटा मात्रै प्रत्यक्ष सिट जित्ने
यो पनि बाँके–२ मा तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा इश्तियाक
यो पनि धम्बोझीमा ईश्तियाकले भने–‘ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढेकोछ’
यो पनि प्रतिस्पर्धी उम्मेदवारहरूलाई इश्तियाक राईको धन्यवाद !
यो पनि देशका धरोहर र सरकारी संरचना जलाउनेलाई कहिल्यै माफी हुन सक्दैन : राई





0 Comments