‘काँग्रेसले जात, धर्म र लिंगको आधारमा राजनीति गर्दैन’ कोइराला
नेपालगन्ज १४ फागुन: नेपाली काँग्रेसका युवा नेता एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले जात, धर्म र लिंगको आधारमा काँग्रेसले कहिल्यै राजनीति नगर्ने प्रष्ट्याएका छन् ।
बाँकेको जानकी गाउँपालिकास्थित मानपुरमा नेपाली काँग्रेस बाँकेले बिहीबार आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले हरेक कालखण्डमा नेपाली काँग्रेसले महिला, दलित, मधेसी, मुस्लिमलाई राष्ट्रपति, मन्त्री र सांसद बनाएको प्रष्ट्याए ।
यो पनि ‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’– शुधान्सु कोइराला
यो पनि ‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’–कोइराला
यो पनि असल जनप्रतिनिधिको भुमिका निर्वाह गर्न कोइरालालाई सुझाव
यो पनि मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो : कोइराला
‘नेपाली काँग्रेस कहिल्यै पनि जात, धर्म, लिंगको आधारमा राजनीति गर्दैन, हामीले कोही पनि साथीहरुलाई जात, धर्म र लिंगको आधारमा नेता बनाएका छैनौं,’ उनले भने, ‘नेपाली काँग्रेस त्यस्तो पार्टी हो, जसले वीपी कोइराला पहिलो पटक प्रधानमन्त्री हुँदा महिलालाई मन्त्री बनाउनु भएको थियो, नेपाली काँग्रेस यस्तो पार्टी हो जसले मधेसीको छोरालाई प्रथम राष्ट्रपति बनायो, सुशील कोइराला प्रधानमन्त्री हुँदा बाँकेबाट दलित र मुस्लिमले सांसद बन्ने अवसर पाउनुभयो ।’
सरकारलाई खबरदारी गर्दा गत भदौ २३ र २४ गते देश दुर्घटनामा गएको स्मरण गर्दै उनले देशका लागि कलिला युवाले रगत बगाउनु एकदमै दुःखद घटना भएको बताए ।
२००७ सालदेखि हालसम्म नेपाली काँग्रेसले नै परिवर्तनको नेतृत्व गरेको स्मरण गराउँदै काँग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले जेनजी आन्दोलनपछि सबैभन्दा पहिला आफूलाई परिवर्तन गरेर प्रमाणित गर्ने पार्टी पनि काँग्रेस नै भएको बताए ।
यो पनि शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
यो पनि काँग्रेस उम्मेदवार कोइराला मतदाताकै घर–दैलोमा ब्यस्त, आज संकल्पपत्र सार्वजनिक गर्दै
यो पनि उम्मेदवार शुधान्सुका लागि मतदाताले नै मत माग्दै
यो पनि कोइरालालाई सहयोग गर्ने बाल्मिकी समुदायको प्रतिवद्धता
यो पनि घरदैलो अभियानः मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित
यो पनि मतदाता भन्छन्–‘काँग्रेस बदलिएर आएको छ, रुखमा मतदान गर्छौं’
सभापति गगन थापाको नेतृत्वमा परिवर्तन भएको काँग्रेसले १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ स्थानमा आफू जस्ता नयाँ युवाा अनुहारलाई उम्मेदवार बनाएको कोइरालाले सुनाए । ‘त्यसैले नेपाली कांग्रेसले आफ्नो नेतृत्व मात्रै होइन, नीतिमा पनि परिवर्तन गरेको छ, युवाहरुले यो कुरा बुझ्न जरुरी छ,’ उनले भने ।
वास्तविक जेनजीको भावनामाथि खेलवाड गरेर कतिपयले जेनजीका नाममा पार्टी खोलेको उनको भनाई छ । ‘जेनजी युवाको नाममा विभिन्न राजनीतिक दल खुलेका छन्, विभिन्न सामाजिक सञ्जालबाट भ्रम फैलाउने काम गरिएको छ,’ उनले अगाडि भने । विगतमा राजनीतिक दलहरु खराब हुन् भन्ने काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर अहिले राजनीतिक दलमा प्रवेश गरी राजनीतिमा लागेको कोइरालाले बताए । उम्मेदवार कोइरालाले आफूले पाँच वर्षसम्म जनताको सेवक भएर काम गर्ने वाचा पनि गरे ।
यो पनि सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”
यो पनि जेनजी युवाको भावना अनुसार काम गर्न कोइरालालाई सुझाव
यो पनि सुधान्शु कोइरालाको पक्षमा बढ्यो माहोल : क्षेत्रीय सभापती गुप्ता
यो पनि ‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ उम्मेदवार शुधान्सु कोइराला
यो पनि जनमतको कदर गर्ने उम्मेदवार कोइरालाको प्रतिवद्धता
यो पनि रुकुमेली सेवा समाज बाँकेले काँग्रेस उम्मेदवार कोइरालालाई जिताउने
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
‘म कुनै पनि भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचारका विरुद्ध सडक र सदनमा आवाज उठाउनेछु,’ उनले भने । अर्को प्रसंगमा उनले आसन्न निर्वाचनका लागि निष्पक्ष रुपमा शान्ति, सुरक्षाको भूमिका निभाउन बाँके प्रहरीलाई आग्रह गरे । ‘सुरक्षा कमजोरीले चुनाव बिथोलिने काम नहोस्, निष्पक्ष रुपले शान्ति सुरक्षाको काम गरिदिनुहोस्,’ कोइरालाले भने ।
यो पनि भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
यो पनि शुधान्सु कोइरालाले बेतहनीका मतदातालाई भने ‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’
यो पनि रुख चुनाव चिन्हमा मतदान गर्न कोइरालाको अपील
यो पनि युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
यो पनि शुधान्सु कोइरालालाई निर्वाचित गराउन काँग्रेसप्रति बढ्यो आर्कषण
यो पनि जनतामा उत्साह छ, जितको नजिक पुगिसकेका छौं : शुधान्सु कोइराला
यो पनि काँग्रेस उम्मेदवार शुधान्सु कोइरालाद्वारा घरदैलो अभियान तीब्र, मतदाताका समस्या बुझ्दै
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला
यो पनि मतदाताको घरघर पुगेर शुधान्सु कोइरालाको स्पष्टोक्ती, ‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’
यो पनि शुधान्सुको बाचा : ‘काँग्रेसले कुनैपनि धर्म, समुदायमाथी विभेद गर्दैन’
यो पनि त्रिभुवन चोकमा काँग्रेसको प्रचारप्रसार समिति स्थापना
यो पनि प्रतिनिधिसभा सदस्य निर्वाचनः बाँकेमा तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता
यो पनि बाँकेमा १३९ मतदानस्थलमध्ये ६१ मतदानस्थल संवेदनशील
यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित)





0 Comments