कमरुद्दिन राईको चुनावी गर्जन : ‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

कमरुद्दिन राईको चुनावी गर्जन : ‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

नेपालगन्ज १६ फागुन : जनता समाजवादी पाटी, नेपाल (जसपा नेपाल) का तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईले यही फागुन २१ गते हुने  चुनाव पैसावाला र वाहुवली विरुद्धको भएको बताएका छन् । 

बाँकेको  डुडुवा गाउँपालिका–२, बेताहनी शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै मतदातालाई स्पष्टसँग सन्देश दिँदै उनले भने –‘यो चुनाव साधारण होइन, यो चुनाव गलत शक्ति र पैसाको राजनीति विरुद्धको लडाइँ हो ।’ 

यो पनि कमरुद्दिन राई मतदाताको सम्मानले उत्साहित 

यो पनि पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई 

यो पनि विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह 

यो पनि बाँकेमा प्रलोपा र जसपाबीच चुनावी सहमति

राईले आफ्नो भाषणमा पैसाको प्रभाव र बाहुबलको राजनीति विरुद्ध कडा प्रहार गरे । उनले भने–‘कसैले पैसा र बलको भरमा चुनाव जित्छु भन्ने भ्रममा छ भने यो चुनावले उसलाई पाठ सिकाउनेछ । जनताको मत किन्न सकिँदैन ।’ राईले मतदातालाई आफ्नो पार्टीको छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । 

समय अभावका कारण सबै ठाँउमा पुग्न नसकेको स्वीकार्दै उनले कार्यकर्ताहरुलाई घर–घरघमा पुगेर मत माग्न निर्देशन दिए । ‘म सबैको ठाउँमा पुग्न सकिनँ, तर मेरो सन्देश प्रत्येक घरमा पुग्नुपर्छ । छाता चिन्हमा मतदान गर्नुहोस्, भ्रममा नपर्नुहोस्’– उनले भने । राईले जसपा छोडेर अन्य दलमा गएका केही उम्मेदवारहरुमाथि असन्तुष्टि व्यक्त गर्दै उनीहरूले मतदातालाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाए । उनले भने –‘कमरुद्दिन राई कसैसँग मिलेको छैैन । हामी आफ्नो बाटोमा स्पष्ट छौँ । छाता चिन्हमै मतदान गर्नुहोस् ।’ राईले आफूलाई मधेशी तथा मुस्लिम समुदायको अधिकारका लागि लड्ने उम्मेदवारका रूपमा प्रस्तुत गरे ।  

यो पनि कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित  

यो पनि “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्” : कमरुद्दिन राई

यो पनि जसपाका उम्मेदवार कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै

यो पनि ‘मधेशी तथा मुस्लिमको आवाज बोल्न चाहन्छु’ : कमरुद्दिन राई

Duduwa Tato hawa Bachau Image

उनका अनुसार आफ्नो राजनीतिक यात्रा नै यस समुदायको पहिचान र अधिकारको लागि समर्पित छ’ मधेशी र मुस्लिम समुदायको आवाज उठाउने व्यक्ति कमरुद्दिन राई हो उनले भने–‘कसैले मलाई किन्न सक्दैन ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा आफ्नो प्रमुख एजेण्डा भएको बताए । ‘यो व्यवस्था हाम्रो संघर्षबाट आएको हो ।  यसलाई जोगाउनु हामी सबैको दायित्व हो’– उनले भने ।

यो पनि कमरुद्दिन राईको घरदैलो बन्यो ब्यापक

राईले समुदायको नाममा राजनीति गर्नेहरूप्रति आक्रोश पोखे । उनले भने–‘केही व्यक्तिहरूले मधेशी र मुस्लिम समुदायको नाममा राजनीति गर्र्छन्, तर काम गर्दैनन् । त्यस्ता व्यक्तिहरूलाई जनताले प्रसास्त गर्नुपर्छ ।’ सभामा सहभागी स्थानीय बासिन्दाहरूले विकास, रोजगारी र सामाजिक न्यायका विषयमा आफ्नो अपेक्षा व्यक्त गरेका थिए । युवाहरू रोजगारीको अवसरको खोजीमा छन् भने महिलाहरू शिक्षा र स्वास्थ्य सेवामा सुधारको चाहना राखेका थिए ।

यो पनि ‘पैसाको बलमा चुनाव जितिदैन, चुनाब जित्न जनताको मन जित्नु पर्छ’ : कमरुद्दिन

यो पनि घरदैलोमा कमरुद्दिन राईप्रति बढ्दो समर्थन 

यो पनि को हुन् कमरुद्दिन राई ? जो उपमेयर त्यागेर चुनावमा होमिए

यो पनि  विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह 

यो पनि ‘म पैसाको भरमा चुनाव लडेको छैन, तर कमजोर छैनौं’ : कमरुद्धिन