नेपालगन्जमा नेकपाका उम्मेदवार बिष्टद्वारा शक्ति प्रर्दशन
नेपालगन्ज १७ फागुन : आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँके क्षेत्र नं. २ ले बृहत मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ ।
चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला गरिएको यो शक्ति प्रदर्शनले नेपालगन्जको मुख्य सडक र गल्लीहरू उत्साहले भरिएका थिए ।
¥यालीमा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार युवा नेता दिपेन्द्र बिष्टले गाडीबाटै दुई हात जोडेर सबैलाई अभिनन्दन गरेका थिए । मोटरसाइकलसहित समर्थकहरूले निकालेको ¥यालीले नेपालगन्ज परिक्रमा गर्दै विष्टको पक्षमा नाराबाजी गरेका थिए ।
यो पनिनेपालगन्ज–१२ मा बिष्टको पक्षमा मतदाताको उत्साह
यो पनि मतदाताले दिपेन्द्र विष्टलाई भने ‘यसपटक मत र नेता फेर्छौं’
यो पनि ‘जित’को दौडमा बिष्ट : टोल–टोलमा अभियान उत्कर्षमा
यो पनि राँझामा बिष्टको घरदैलो : जनसंवाद, विश्वास र चुनावी आधार सुदृढ गर्दै
यो पनि खडैचामा उम्मेदवार बिष्टसको घरदैलो, स्थानीय उत्साहित
नेपाली कम्युनिस्ट पार्टी बाँकेको पार्टी कार्यालय (नेपालगन्ज बसपार्क रोड) बाट सुरु भएको ¥यालीले शहरका प्रमुख चोक, बजार र आवासीय क्षेत्र परिक्रमा गरेको निर्वाचन परिचालन समितिकी संयोजक पुर्णा कुमारी सुवेदीले जानकारी दिइन । उनका अनुसार, ¥यालीमा युवा, महिला र विभिन्न पेशागत समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
यो पनि नेकपाका उम्मेदवार बिष्टको मोहनपुर फारममा घरदैलो
यो पनि जनताको घरदैलोमा दिपेन्द्र बिष्टः भ्रष्टाचारविरुद्ध आवाज र विश्वासको प्रतिबद्धता
यो पनि हरियो नेपालगञ्ज बनाउने दिपेन्द्र विष्टको प्रतिबद्धता
स्थानीय सर्वसाधारणले ¥यालीलाई “उत्साहप्रद र व्यवस्थित” भन्दै चुनावी माहोल बिष्टको पक्षमा देखिएको प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई अन्तिम चरणको ऊर्जा प्रदर्शनका रूपमा व्याख्या गरेका छन् भने केहीले प्रतिस्पर्धालाई थप रोचक बनाउने संकेत मानेका छन् ।
¥यालीका क्रममा बिष्टले सर्वसाधारणलाई अभिवादन गर्दै शान्तिपूर्ण र सभ्य निर्वाचनका लागि आग्रह गरे । उनले विकास, रोजगारी र सुशासनका एजेन्डा अघि सार्दै मतदातासँग अन्तिम अपील गरेका थिए ।
यो पनि यस्तो छ बिष्टले सार्वजनिक गरेको प्रतिबद्धता, आज इस्तियाकले सार्वजनिक गर्दै
यो पनि स्थानीयका सवाल सुन्दै विष्टले बढाए चुनावी प्रचारलाई तीब्रता
यो पनि डुडुवामा दिपेन्द्रले बढाए चुनावी गतिविधि
यो पनि मतदाता फकाउन खेतदेखि टोलसम्म बिष्टको संवाद
यो पनि मतदातासँग बिष्टको जनसंवाद : समयमै समस्या समाधान गर्ने दृढ प्रतिबद्धता





0 Comments