‘सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु’ अमर सिंह पुनको अपील

‘सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु’ अमर सिंह पुनको अपील

नेपालगन्ज १८ फागुन : बाँके क्षेत्र नम्बर–३ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका अमर सिंह पुनले नेपाली जनताले अपेक्षा गरेको सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके क्षेत्र नम्बर–३ लाई समुन्नत बनाउने आफ्नो मुख्य प्रतिवद्धता भएको बताएका छन् ।

पुनले सुकुम्वासी, भूमिहिनहरुका समस्यालाई नीतिगत रुपमा सम्बोधन गर्नको लागि नयाँ ढंगले काम गर्ने बताए । आफूलाई अत्याधिक मतसहित विजयी गराएर बाँके क्षेत्र नम्बर–३ का जनताले नेतृत्व गर्ने अवसर प्रदान गर्ने पुनले विश्वास गरे ।  

स्थानीय जनताका समस्यालाई सम्बोधन गर्न आफू सक्षम रहेको बताउँदै पुनले भने,‘घरदैलोका क्रममा आम मतदाताले हामीलाई अथाहा माया र विश्वास गर्नुभएको महशुस भयो । तर, हामीले उहाँहरुको मनोभावनालाई बुझेर काम गर्न सकिरहेको छैनौं । जनतालाई सुशासन र विकास चाहिएको छ । त्यो आम नेपालीको चाहना पनि हो । हामी नयाँ नेतृत्व र नीति लिएर जनता माझ आएका छौं । नेपाली जनताको समृद्धिको सपना हाम्रो लक्ष्य हो ।’

यो पनि पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही हुन्छः अमर सिंह पुन 

यो पनि खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

यो पनि  सुशील कोइराला क्यान्सर अस्पतालको स्तरोन्नती गर्ने पुनको प्रतिवद्धता

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधान सभा सदस्य पुनले मान खोलाले बाँके क्षेत्र नम्बर–३ का धेरै जनताको जमिन कटानमा परेको समस्यालाई सम्बोधन गर्न पहल गर्ने बताए । बाँके क्षेत्र नम्बर–३ ले कृषि क्षेत्रबाट आर्थिक उन्नति गर्न सक्ने सम्भावना भएकोले यहाँको जनतालाई कृषिबाट आर्थिक उन्नति गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पुनले बताए । 

उनले भने,‘नेपाली कृषकको आत्मसम्मान गर्न सक्नुपर्छ । नेपालले अब कृषि क्षेत्रलाई आर्थिक उन्नतिको सशक्त माध्यम बनाउनुपर्छ । त्यसको लागि नयाँ प्रविधि र नयाँ सोचको खाँचो छ । युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सके मात्र यहाँको कृषि क्षेत्रको विकास गर्न सकिन्छ ।’

यो पनि  नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापनमा काँग्रेसले पहल गर्छः अमर सिंह पुन 

यो पनि ‘लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई खजुरामै सञ्चालन गर्न पहल गर्छौं’ : उम्मेदवार पुन 

यो पनि ‘नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ’ : उम्मेदवार पुन 

यो पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनुपर्छः अमर सिंह पुन

यो पनि  विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् अमर सिंह पुन

Duduwa Tato hawa Bachau Image

कृषि क्षेत्रको मुख्य समस्या, सिँचाई, उन्नत जातका बीउ, मल अभावको समस्या समाधानमा आफूले विशेष चासो दिएर काम गर्ने पुनले प्रतिवद्धता जनाए । सिक्टा सिँचाई आयोजना र भेरी बबई डाईभर्सन आयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न पहल गर्ने उनले बताए । बाँकेका युवाको भविष्यसँग जोडिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई खजुराबाटै सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न आफू कटिवद्ध रहेको पुनले बताए । 

नौवस्ता आद्योगिक क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लगानी भित्र्याउँदै युवाहरुलाई रोजगारीसँग जोडेर आर्थिक विकासमा योगदान गर्ने आफ्नो प्रमुख एजेण्डाको रुपमा रहेको पुनले बताए । बाँके क्षेत्र नम्बर–३ मा भएका खेलकुद पूर्वाधारको स्तर उन्नति गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने योजना बनाएर काम गर्ने पुनले प्रतिवद्धता जनाएका छन् ।

यो पनि जेनजी आन्दोलनको सकारात्मक मर्मलाई काँग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन

यो पनि  अमरसिंह पुनले भने–‘सीमाक्षेत्रका जनता नेपाली भुमीको सच्चा पहरेदार हुन्’ 

यो पनि चुनावी प्रचारप्रसारलाई तीब्रता दिदैँ पुन, स्थानीय समस्या र अपेक्षाहरू बुझ्न सक्रिय 

यो पनि ‘सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति बदल्नुपर्छ’ : अमरसिंह पुन 

यो पनि काँग्रेसले जेनजीको भावना अनुरुप देश निर्माण गर्छ : अमर 

यो पनि ‘बाँकेमा धर्म, संस्कारको जगेर्ना गर्न काँग्रेसको जित आवश्यक’ : सभापति पुन 

यो पनि बाँकेका तीन क्षेत्रमा क–कसले दिए उम्मेदवारी (नामावली सहित) 

यो पनि बाँकेको तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता