बाँकेमा शान्तिपूर्ण मतदान, ६३.४६ प्रतिशत मत खस्यो

बाँकेमा शान्तिपूर्ण मतदान, ६३.४६ प्रतिशत मत खस्यो

नेपालगन्ज २१ फागुन : बाँकेमा शान्तिपूर्ण मतदान भएकोछ । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ६३ दशमलव ४६ प्रतिशत मत खसेको छ । बाँकेको तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गरेर मत खसेको हो । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार बाँकेमा कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको छ । 

जसअनुसार बाँके क्षेत्र नम्बर–१ मा ७५ हजार एक सय ९९, क्षेत्र नम्बर–२ मा ७२ हजार ६ सय ९ र क्षेत्र नम्बर–३ मा ७४ हजार ५ सय ५८ मत खसेको छ । बाँकेमा कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेका थिए । 

मतगणना गर्न बाँके क्षेत्र नम्बर–१ को अगैयास्थित राप्तीसोनारी गाउँपालिका कार्यालय, क्षेत्र नम्बर–२ को भेरी प्राविधिक शिक्षालय नेपालगन्ज र क्षेत्र नम्बर–३ को खजुरास्थित कपास विकास समितिको कार्यालय तोकिएको छ ।

Duduwa Tato hawa Bachau Image

अहिले तीन वटै क्षेत्रमा मतपेटिका संकलनको काम चलिरहेको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिएका छन् । सबै ठाउँबाट मत पेटिका संकलन भईसकेपछि सर्बदलिय बैठक राखेर आजै रातीदेखी गणनाको काम सुरु गर्ने तयारी भइरहेको उनले बताए ।