देशभर शान्तिपूर्ण मतदान : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

देशभर शान्तिपूर्ण मतदान : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

नेपालगन्ज २१ फागुन : निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । 

आयोगले बिहीबार साँझ मतदान सम्पन्न भएपश्चात आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए ।

उनले भने, “करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण सङुकलन कार्य जारी छ ।”

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहकार्य एवम् समन्वय गर्ने नेपाल सरकार, प्रदेश सरकार, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक सबैलाई धन्यवाद ज्ञापन गरे ।

यो पनि बाँकेमा शान्तिपूर्ण मतदान, ६३.४६ प्रतिशत मत खस्यो

यस्तै यता गृहमन्त्रालयले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता रमा आचार्य (सुवेदी)का अनुसार देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ ।

Duduwa Tato hawa Bachau Image

उनका अनुसार गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा कन्ट्रोल रुम सञ्चालन निर्वाचन सम्बन्धी काम भएको थियो ।