२०४८ देखि २०८२ सम्म कुन निर्वाचनमा कति प्रतिशत मत खस्यो ?
नेपालगन्ज २१ फागुन : आज देशभर शान्तिपूर्ण मतदान सम्पन्न भएकोछ । कतिपय स्थानमा मतपेटिका संकल जारी छ भने कतिपय स्थानमा आजैदेखि मतगणा गर्ने तयारी सुरु भइसकेकोछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज करिब ६० प्रतिशत मत खसेको छ । यो निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए ।
यो पनि देशभर शान्तिपूर्ण मतदान : ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
जेनजी विद्रोहको पृष्ठभूमिमा भएको मध्याधि निर्वाचनमा बढी मत खस्ने आँकलन थियो । तर, अघिल्ला निर्वाचनहरु भन्दा कम मत खसेको छ । कुनै दल र संगठित संस्थाले औपचारिक रुपमा चुनाव बहिष्कारको घोषणा गरेका थिएनन् ।
हेरौं कुन चुनावमा कति मत खस्यो ?
संसदीय निर्वाचनमामा मतदान प्रतिशत ‘तल–माथि’ भइरहेको देखाउँछ । एकदलीय व्यवस्थाको अन्त्यसँगै २०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो ।
निर्वाचन आयोगको तथ्यांक अनुसार, खसेको ७२ लाख ९१ हजार ८४ मत खसेको थियो । त्यतिखेर ४.४२ प्रतिशत मत बदर भएको थियो ।
यो पनि बाँकेमा शान्तिपूर्ण मतदान, ६३.४६ प्रतिशत मत खस्यो
२०५१ को चुनावमा ७६ लाख २५ हजार ३४८ मत खसेको थियो । त्यसमध्ये ७३ लाख ८४ हजार २७७ मत सदर भएको थियो । दुई लाख ४१ हजार ७१ मत बदर भएको आयोगको तथ्यांक छ ।
२०५६ सालको निर्वाचनमा ६७.१३ प्रतिशत मत खसेको थियो । त्यतिबेला ८८ लाख ९४ हजार ५६६ मत खसेको थियो ।
२०६४ को निर्वाचनमा १ करोड ११ लाख ४६ हजार ५४० मत खसेको थियो, जुन ६३.२९ प्रतिशत हो । त्यसमा १ करोड ७ लाख ३९ हजार ०७८ मत सदर भएको थियो ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा ९५ लाख १६ हजार ७३४ मतदाता मतदानमा सहभागी भए । त्यतिबेला ७८.७४ प्रतिशत मतदान भएको थियो । त्यसमध्ये ९० लाख ४४ हजार ९०८ मत सदर भएको थियो । ४ लाख ७१ हजार ८२६ (४.९६) प्रतिशत मत बदर भएको थियो ।
यो पनि बाँकेमा आजै मतगणना गरिने : सर्वदलीय बैठकको तयारी
२०७४ सालको चुनावमा पहिलो चरणमा २० लाख ६८ हजार ७९८ र दोस्रो चरणमा ८५ लाख २५ हजार १७३ गरी कूल एक करोड ५ लाख ९३ हजार ९७१ मत खसेको थियो । जुन ६८.६७ प्रतिशत हो । त्यतिबेला ५.१६ प्रतिशत मत बदर भएको थियो ।
यसअघि २०७९ को चुनावमा ६१.६३ प्रतिशत मत खसेको थियो ।
यो पनि निकै असहज परिस्थितिमा निर्वाचन सफल भयोः प्रधानमन्त्री कार्की





0 Comments