बाँकेका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको जीत

बाँकेका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको जीत

नेपालगन्ज २३ फागुन : प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँकेका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको जीत भएकोछ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जित हाँसिल गरेकाछ । भने बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले जितेकोछ ।

बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेको बाँके क्षेत्र नम्बर – १ का निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले बताए ।

चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली काँग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । भने नेकपा (एमाले) का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वाग्लेले  बताएका छन् । एमालेका ढकाल निर्वतमान प्रतिनिधि सभा सदस्य हुन् ।

नेकपाका नरेन्द्र पाण्डेले ६ हजार ३३, राप्रपाका प्रदिपकुमार शाहले ३ हजार २ सय ३४, प्रगतिशिल लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले एक हजार २ सय ४० मत प्राप्त गरेकी छन् ।

यसैगरी, बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा जसपा त्यागेर नेकपा एमालेबाट उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले २४ हजार ६ सय २८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली काँग्रेसका शुधान्सु कोइरालाले १७ हजार ५ सय ९६ मत प्राप्त गरे । भने यसअघि प्रतिनिधि सभा सदस्यमा बाँके क्षेत्र नम्बर–२ बाट विजय हाँसिल गरेको राप्रपा भने यसपटक चौथो भएकोछ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाका ऋषिराज देवकोटाले एक हजार ७ सय २३ मत प्राप्त गरेका छन् । नेकपाका दिपेन्द्र बिष्टले एक हजार ४ सय ५६ मत प्राप्त गरे ।

Duduwa Tato hawa Bachau Image

जनता समाजवादी पार्टी(जसपा)का कमरुद्धिन राईले ९ सय ८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेखले ७ सय ७५ मत प्राप्त गरे ।

यस्तै बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का खगेन्द्र सुनार निर्वाचित भएका छन् । निर्वाचित भएका उनले २९ हजार ५ सय ५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत ल्याएका छन् ।

यसैगरी नेपाली काँग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरे । नेकपाका दीपक कुमार गौरीमगरले ४ हजार १५ मत ल्याए । त्यसैगरी राप्रपाका तारकसिंह थारुले एक हजार ९ सय १२, नागरिक उन्मुक्ती पार्टीका ध्रुबराज थारुले ४ सय ७४ मत प्राप्त गरेका छन् ।