जुम्लामा ज्ञानेन्द्र जित्दा झापामा अध्यक्ष लिङ्देन पराजित
नेपालगन्ज २३ फागुन : जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे । राप्रपाको यो पहिलो जित हो ।
यसैबीच, प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतगणनाअनुसार उनले ३८ हजार ६७४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन १७ हजार २९४ मतसहित पराजित भएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवारले ८ हजार १९९ मत प्राप्त गरेका छन् ।





0 Comments