रास्वपा एक्लै ११९ सीट जित्दा काँग्रेसले १७ सीट जित्यो

१० क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी
रास्वपा एक्लै ११९ सीट जित्दा काँग्रेसले १७ सीट जित्यो

नेपालगन्ज २४ फागुन : यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ क्षेत्रमध्ये आईतबार बेलुका साढे ५ बजे सम्म १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । भने बाँकी १० क्षेत्रको मत गणना हुन बाँकी रहेकोछ ।

जसमा ११९ सीटसहित रास्वपा पहिलो नम्बरमा छ । रास्वपाले ६ सीटमा अग्रता लिइरहेको छ । दोस्रोमा रहेको काँग्रेसले १७ सीटमा जित हाँसिल गरेको छ । जारी मतगणनामा काँग्रेसको अग्रता कहीँ पनि छैन ।

Duduwa Tato hawa Bachau Image

यस्तै, तेस्रोमा रहेको एमालेले ७ सीटमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ । चौथोमा रहेको नेकपाले ७ क्षेत्रमा जित निकालेर १ क्षेत्रमा अग्रता लिइरहेको छ । श्रम संस्कृति पार्टीले ३ स्थानमा जित्दा राप्रपाले एक स्थानमा जितेको छ । यसैगरी, स्वतन्त्र उम्मेदवार एक क्षेत्रमा निर्वाचित भएका छन् ।