बाँकेमा ५६ जना उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत (नामावली सहित)
नेपालगन्ज २६ फागुन : यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँकेका ४७ जना उम्मेदवारको जमानत जफत भएको छ ।
बाँकेमा तीन वटा निर्वाचन क्षेत्र रहेकाछन् । यी तीन वटै निर्वाचन क्षेत्रमा कुल ५६ जना उम्मेदवार मध्ये ४७ जनाले आफ्नो जमानत जोगाउनै सकेनन् । खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको जमानत जफत भएको हो ।
क्षेत्र नम्बर–१ मा १४ जना मध्ये ११ जनाको जमानत जफत भएको छ । सार्वजनिक मत परिणाम अनुसार यहाँ रास्वपा, काँग्रेस र एमालेका उम्मेदवार बाहेक सबैको जमानत जफत भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका मिलेर बनेको क्षेत्र नम्बर–१ मा क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार चौधरी(विजयी), नेपाली काँग्रेसका नारायण प्रसाद गौडेल, नेपाल कम्युनिष्ट पार्टी, एमालेका सुर्य प्रसाद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र प्रसाद पाण्डे ‘जेम्स’, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदीप कुमार शाह, प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी ‘नमुना’, श्रम संस्कृति पार्टीका भरतनिधी तिवारी, उज्यालो नेपाल पार्टीका धनबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी,(माओबादी) का दिपक बुढाथोकी, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटा, जनता समाजबादी पार्टी, नेपालका राजेन्द्र कुमार विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका सुर्जा थापा, स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा र मंगोल नेशनल अर्गनाइजेशनका फेरुलाल चौधरी चुनावी मैदानमा थिए ।
यो पनि बाँकेमा १३ हजार बढी मत बदर
यसैगरी बाँके क्षेत्र नम्बर–२ मा कुल २० जना उम्मेदवार मध्ये १७ जनाको जमानत जफत भएकोछ । निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीका अनुसार क्षेत्र नम्बर–२ मा पनि रास्वपा, एमाले र काँग्रेसका उम्मेदवारले मात्र जमानत जोगाउन सके ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ वडाबाहेक सबै तथा डुडुवा गाउँपालिकाका सबै वडा मिलेर बनेको क्षेत्र नम्बर–२ मा क्रमशः नेपाल कम्युनिष्ट पार्टी, (एमाले) का मोहम्मद इश्तियाक राई (विजयी), राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक कुमार श्रेष्ठ, नेपाली काँग्रेसका सुधान्शु कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटा, नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र बिष्ट, जनता समाजबादी पार्टी, नेपालका कमरुद्दीन राई, राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेख, जनमत पार्टीका मोहम्मद आजाद साई, श्रम संस्कृति पार्टीका रामचरण चौधरी, नेपाल कम्युनिष्ट पार्टी, (माओबादी)का महेन्द्र प्रकाश चन्द, राष्ट्रिय एकता दल सिताराम यादव, उज्यालो नेपाल पार्टीका शैलेन्द्र कुमार कर्ण, आम जनता पार्टी(एकल चुनाव चिन्ह)का अब्दुल उमर साई, राष्ट्रिय जनमोर्चाका जगदीश ढकाल, स्वतन्त्र उम्मेदवार सौभाग्य जंग शाह, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अली शेष, जय मातृभूमि पार्टीका गोपाल प्रसाद गिरी, स्वतन्त्र उम्मेदवारहरु मनोज कुमार चौधर र दिपेनद्र लामा तामाङ्ग चुनावी मैदानमा थिए ।
यो पनि बाँकेका दुई क्षेत्रमा रास्वपा र एकमा एमालेको जीत
त्यसैगरी बाँके क्षेत्र नम्बर–३ मा १९ जनाको जमानत जोगिएन । रास्वपा, काँग्रेस र एमालेले मात्र जमानत जोगाउन सफल भए । यहाँ २२ जना उम्मेदवार चुनावी मैदानमा थिए । नेपाली कम्युनिष्ट पार्टी, राप्रपा लगायतका दलका उम्मेदवारले समेत जमानत जोगाउन सकेनन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ वडासहित जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिका मिलेर बनेको क्षेत्र नम्बर–३ मा क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार (विजयी), नेपाल कम्युनिष्ट पार्टी, (एमाले)का सुमन मल्ल, नेपाली काँग्रेसका अमरसिंह पुन, नेपाली कम्युनिष्ट पार्टीका दिपक कुमार गौरीमगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारकसिंह थारु, नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) धु्रबराज थारु, जनमत पार्टीका फिरोज खाँ, श्रम संस्कृति पार्टीका ओमकार थापामगर, राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)का चन्दविर कामी, आम जनता पार्टी(एकल चुनाव चिन्ह) बिद्या शर्मा, राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जी, जनता समाजबादी पार्टी, नेपालका सुर्यलाल यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारी, नेपाल मजदुर किसान पार्टीकी भुमी महत्तरा, मंगोल नेशनल अर्गनाइजेशनका मनोज कुमार थारु, मितेरी पार्टी नेपालका रुपकुमार चन्द, स्वतन्त्र उम्मेदवारहरु सुर्यप्रसाद रेग्मी, भवगती शाह, भिमबहादुर सुनार, पदम बहादुर घर्तीमगर र चेतबहादुर ओली चुनावी मैदनामा रहेका थिए ।
यो पनि बाँकेमा शान्तिपूर्ण मतदान, ६३.४६ प्रतिशत मत खस्यो
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको जमानत (धरौटी) जफत हुने उल्लेख छ ।





0 Comments