काँग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
नेपालगन्ज २६ फागुन : नेपाली काँग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदाताप्रति आभार व्यक्त गरेका छन् । बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उनले चुनावी परिणामलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाई पनि दिएका हुन् ।
कोइरालाले आज (मंगलबार) एक प्रेस नोट जारी गर्दै लोकतन्त्रमा जनताको निर्णय नै सर्वोच्च हुने उल्लेख गरेका छन् । निर्वाचनको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिएका समर्थक, पार्टीका साथीहरू, शुभेच्छुक तथा नेपाली काँग्रेसको चुनाव चिह्न “रुख” मा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
यो पनि काँग्रेसका शुधान्सु नेपालगन्ज र डुडुवाका साझा उम्मेदवारः जो मृदुभाषी, सरल र सहज छन्
उनले मतदाताको विश्वास र मायाले आफूलाई केवल उम्मेदवार मात्र नभई जनताको सेवक बन्ने प्रेरणा दिएको पनि बताए । पार्टीले विश्वास गरेर उम्मेदवार बनाएकोमा उनले नेपाली काँग्रेसका सभापति गगन कुमार थापा तथा सम्पूर्ण नेतृत्वप्रति पनि आभार प्रकट गरेका छन् ।
यो पनि ‘मतदातालाई उधारो आश्वासन बाँडेको छैन’– शुधान्सु कोइराला
यो पनि ‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’–कोइराला
कोइरालाले बाँके क्षेत्र नं. २ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको विश्वास, स्नेह र आत्मीयताले आफूलाई सधैं बलियो बनाइरहने उल्लेख गरेका छन् । उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताको सेवा गर्ने आफ्नो संकल्पमा कुनै कमी नआउने स्पष्ट पारेका छन् ।
यो पनि जनताको विश्वास टुट्न दिने छैनः सुधान्शु कोइराला
यो पनि हरेक कालखण्डमा काँग्रेसको भूमिका परिर्वतनकारी छ : शुधान्सु कोइराला





0 Comments