चैत पहिलो साताभित्र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने
नेपालगन्ज २६ फागुन : निर्वाचन आयोगले चैत पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित दल तथा व्यक्तिहरू समेटिएको प्रतिवेदन चैतको पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरिएको आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फ १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ । प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ भने नेपाली काँग्रेसले १८, नेकपा एमालेले ९, नेपाल कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार महावीर पुन पनि विजयी भएका छन् ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार चैतको पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरिएको छ।





0 Comments