कुन दलले कुन प्रदेशबाट कति मत पाए ?
नेपालगन्ज २६ फागुन : यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैठौं हुने निश्चित भएको छ ।
हेरौं हालसम्म प्राप्त मत परिणाम अनुसार प्रदेशगत कुन दलले कति मत पाए ।
कोशी प्रदेश
कोशी प्रदेशमा समानुपातिकतर्फ रास्वपाले आठ लाख ३७ हजार २४३ मत प्राप्त गरेको छ । काँग्रेसले दुई लाख ७९ हजार ७३८, एमालेले दुई लाख ७७ हजार ८२२, श्रम संस्कृतिले दुई लाख ७७ हजार ६७, नेकपाले ९३ लाख ५४८ र राप्रपाले ६१ हजार ९०२ मत प्राप्त गरेको छ ।
मधेस प्रदेश
मधेस प्रदेशमा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जसपा नेपाल राष्ट्रिय दल बन्न सकेन । यद्यपि, यस प्रदेशमा जसपा नेपाल समानुपातिकतर्फ चौथो स्थानमा छ । मधेसमा रास्वपाले १२ लाख २२ हजार ५०४ मत प्राप्त गरेको छ ।
काँग्रेसले दुई लाख ७१ हजार १९१, एमालेले एक लाख ७८ हजार ६४२, जनता समाजवादी पार्टी नेपालले एक लाख २८ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीले ९६ हजार ५७९ मत प्राप्त गरेको छ ।
बागमती प्रदेश
बागमती प्रदेशमा राष्ट्रिय दल नबनेको राष्ट्रिय परिवर्तन पार्टी पाँचौं स्थानमा छ । यस प्रदेशमा रास्वपाले ११ लाख १९ हजार २७०, काँग्रेसले तीन लाख २१ हजार १०६, एमालेले दुई लाख ६१ हजार ८९७, नेकपाले एक लाख ८८ हजार १८२, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख १६ हजार ५५२ र राप्रपाले ७६ हजार ५२१ मत प्राप्त गरेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा रास्वपाले चार लाख ९९ हजार ९२१ मत प्राप्त गरेको छ । काँग्रेसले एक लाख ९७ हजार ४३१, एमालेले एक लाख ४९ हजार ६९८, नेकपाले ४७ हजार ३९२, राप्रपाले २३ हजार ६९ र श्रम संस्कृति पार्टीले १८ हजार ४६१ मत प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनीमा रास्वपाले ९ लाख २५ हजार ५३ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले तीन लाख २२ हजार १२३, एमालेले दुई लाख ९३ हजार ९६५, नेकपाले एक लाख ५० हजार ४७०, राप्रपाले ७९ लाख ७७२, जसपा नेपालले २५ हजार ४२६ र श्रम संस्कृतिले २३ हजार ३७६ मत प्राप्त गरेको छ ।
कर्णाली प्रदेश
कर्णालीमा रास्वपाले तीन लाख १७ हजार ८३६ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले एक लाख ८२ हजार ८४२, एमालेले एक लाख ४७ हजार ९०९, नेकपाले ९७ लाख ८८५, राप्रपाले ३६ हजार २६३, राष्ट्रिय मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालको एकल चिन्ह चकिया (जाँतो) ले २३ हजार ९९२ र श्रम संस्कृति पार्टीले पाँच हजार ३०५ मत प्राप्त गरेको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिममा रास्वपाले तीन लाख १७ हजार ८३६, काँग्रेसले एक लाख ८२ हजार ८४२, एमालेले एक लाख ४७ हजार ९०९ मत प्राप्त गरेको छ ।
नेकपाले ९७ लाख ८८५, राप्रपाले ३६ हजार २६३, राष्ट्रिय मुक्ति पार्टी नेपाल÷जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालको एकल चिन्ह चकिया (जाँतो) ले २३ हजार ९९२ र श्रम संस्कृतिले पाँच हजार ३०५ मत प्राप्त गरेको छ ।





0 Comments