कोमल ओलीका बुवाको निधन

कोमल ओलीका बुवाको निधन

नेपालगन्ज १३ चैत : चर्चित गायिका तथा पूर्वसांसद कोमल ओलीको पिता ललित बहादुर ओलीको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

ओलीले सामाजिक सञ्जालमाफर्त बुवाको छतबाट खसेर निधन भएको जानकारी दिएकी हुन् ।  

गायिकाले सामाजिक सञ्जालमा लेखेकि छन्, ‘अत्यन्तै मर्माहत भएर जानकारी गराउँछु कि मेरा प्यारा बुवा ललित बहादुर ओली आज घाम ताप्न जाने क्रममा छतबाट खस्नु भई महाप्रस्थान हुनुभएको छ । म काठमाडौंबाट आउँदै छु ।’

छतबाट खसेर बुवाको निधन भएको भन्दै उनी भन्छिन्–‘अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर दिपाललित निवास (बाहिनी गेट नजिकै), तुलसीपुरमा राखिने छ ।’

स्वर्गीय ओली दाङको साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनले ‘दर्पण’ राष्ट्रिय गीत सङ्ग्रह र ‘मातृभूमि’ कविता सङ्ग्रह जस्ता कृति प्रकाशित गरेका थिए। उहाँका ३ छोरा र कोमल ओलीसहित ४ छोरी रहेका छन् ।

उनका सातवटा गीत रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी–भैलो, तीज र भजन समावेश छन् ।

Duduwa Tato hawa Bachau Image

ललितबहादुर ओली विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा संलग्न थिए । उनी दाङ ज्येष्ठ नागरिक जिल्ला संघ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान तथा पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरका सदस्य थिए । उनको पत्नीको केही समयअघि निधन भएको थियो । उनका ३ छोरा र कोमल ओलीसहित ४ छोरी छन् ।