प्रतिशोध होईन न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ

प्रतिशोध होईन न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ

नेपालगन्ज १४ चैत : गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।

‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’

Duduwa Tato hawa Bachau Image

उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।
ओली र लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको हो ।