ओली–लेखकलाई रिहा गर्न माग गर्दै बाँके सिडिओलाई ज्ञापनपत्र
नेपालगन्ज १५ चैत : नेकपा एमाले, बाँकेले पार्टी अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकलाई बिना शर्त रिहा गर्न माग गरेको छ।
जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एमाले नेताहरूले ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
पासाङल्हामु मार्गस्थित एमाले पार्टी कार्यालयबाट प्रधानमन्त्री र गृहमन्त्रीको विरोधमा नारा जुलुससहित एमालेका नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए ।
एमाले नेता तथा कार्यकर्ताले जुलुस निकाल्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एमालेले १७ गते जिल्लाका सबै वडा र १९ गते विभिन्न पार्टी र नागरिक समाजसँग संवाद गर्ने कार्यक्रम तय गरेको छ ।
यसैबीच, एमाले बाँकेले जिल्ला कमिटीमा रहेका ५ जनालाई कारबाही गर्ने जनाएको छ । चुनावमा अन्तर्घात गरेका नेतालाई कारबाही गर्न थालेको जिल्ला अध्यक्ष गुरुङले जानकारी दिए ।





0 Comments