बैशाख १५ गतेदेखि शैक्षिक शत्र शुरु गर्ने सरकारको निर्णय

बैशाख १५ गतेदेखि शैक्षिक शत्र शुरु गर्ने सरकारको निर्णय

नेपालगन्ज २२ चैत : सरकारले आगामी शैक्षिक शत्र वैशाख १५ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । आज आईतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक शत्र वैशाख १५ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । 

बैठकपछि  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भने, ‘आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।’

Duduwa Tato hawa Bachau Image

त्यसैगरी सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । प्रवक्ता पोखरेलले भने, ‘डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय भएको छ।’