सुधन गुरुङमाथि चाँडै छानबिन हुन्छ : रवि लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन हुन्छ : रवि लामिछाने

नेपालगन्ज १६ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन हुने बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए ।

‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ लामिछानेले अगाडी भने, ‘उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’

Duduwa Tato hawa Bachau Image

गुरुङ विवादित व्यवसायीसँग व्यवसायीक साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

गुरूङ २७ दिन गृहमन्त्री रहेर बाहिरिएका थिए । उनीमाथि सम्पत्तिको स्रोत र पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको अनुचित कारोबार गरेको आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।