गौमुखीकी स्वर्ण पदक विजेता मल्ललाई एक लाख पुरस्कार
स्वर्ण पदक विजेता अञ्जली मल्ल अभिभावकसँग ।
नेपालगन्ज ९ जेठ : स्वर्ण पदक विजेता अञ्जली मल्ललाई गौमुखी गाउँपालिकाले नगद एक लाख पुरस्कार दिने भएकोछ ।
हालै सम्पन्न लुम्बिनी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा स्वर्ण पदक विजेता अञ्जली मल्ललाई गौमुखी गाउँपालिकाले नगद पुरस्कार दिने निर्णय गरेको हो ।
गौमुखी गाउँपालिका–३ रजवाराकी मल्लले प्रतियोगिताअन्तर्गत एक हजार पाँच सय मिटर र तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
स्वर्ण पदक विजेता मल्ललाई नगद एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिए । खेलाडीको हौसला अभिवृद्धि गर्न पुरस्कार दिने निर्णय गरिएको उनको भनाइ छ । मल्ल खरा माध्यमिक विद्यालय, रजवारामा अध्ययनरत छिन् ।





0 Comments