आज लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आउँदै

आज लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आउँदै

नेपालगन्ज ११ जेठ : लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३-०८४ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदैछ । 

प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौँ अधिवेशन अन्तर्गत छैठौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले  प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्ने तयारी छ। 

Duduwa Tato hawa Bachau Image

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ।