काँग्रेस नेता खड्काले भने –‘सभापति गगनसँग संवाद नभएको ३१ दिन भयो’

काँग्रेस नेता खड्काले भने –‘सभापति गगनसँग संवाद नभएको ३१ दिन भयो’

नेपालगन्ज २५ जेठ : नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन कुमार थापाले पार्टी एकताका लागि प्रयास नगरेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापासँग सम्पर्क÷संवाद नभएको आज ३१ दिन भएको बताएका हुन् ।

उनले आफूले दुई महिनादेखि पार्टी एकताको लागि प्रयत्न गर्दा पनि कुनै प्रगति नभएको बताएका छन् । ‘म अन्ततः यो स्टाटस लेख्न बाध्य भएको छु । विभिन्न सामाजिक सञ्जाल र संचार माध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारीहरू, नेताहरू र क्रियाशील सदस्य साथीहरू सबैमा म प्रष्ट पार्न चाहान्छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘ सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क÷संवाद नभएको आज ३१ दिन भयो ।’

उनले केही दिनदेखि विकसित राजनीतिक घटनाक्रमबाट आफू चिन्तित भएको पनि बताएका छ्न् । खड्काले पार्टीको १५औं महाधिवेशन र यसअघि नवीकरण गराएका तथा नयाँ क्रियाशीलहरूलाई अध्यावकिकको नाममा दबाब दिइएको भन्दै देशभरबाट आफूलाई फोन आइरहेको उल्लेख गरेका छन् ।

‘१५ औं महाधिवेनका लागि हामीले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्य साथीहरूलाई अध्यावधिकको नाममा दिइएका दबाबका कुराहरू देशैभरिबाट फोनबाट ४-५ दिनदेखि मलाई साथीहरुले जुन तरिकाले जानकारी गराइराख्नु भएको छ यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले थप लेखेका छन् ।

Duduwa Tato hawa Bachau Image

‘हामीले १५ औं महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरुलाई अध्यावधिक नगरेको निहुँमा कसैलाई १५ औं महाधिवेशनमा भाग लिनबाट कसैले बन्चित गर्न– गराउन सक्तैन’ उनले लेखेकाछन् ।

उनले सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्था सुनिश्चित गर्नु नै जिम्मेवारी भएको भन्दै ढुक्क हुन नेता कार्यकर्तालाई आश्वास्त पार्न खोजेका छन् ।

‘नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिनदेखि फैलाइएका अफवाहरू पार्टी पङ्तिमा भ्रम पार्न गराइएका हल्ला मात्र हुन्,’ उनले लेखेका छन् ।