नयाँ पार्टी निर्माण गर्न धवलशमशेर–दुर्गा प्रसाईंबीच जिम्मेवारी बाँडफाँट
नेपालगन्ज ३१ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग अलग भएका धवलशमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन् ।
दुई समूहबीच बृहत्त राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित सहमति भएको छ । तर, पार्टीको नामाकरण भने हुन सकेको छैन । दुई समूहबीच आइतबार विभागीय जिम्मेवारी भने बाँडफाँट गरिएको छ ।
१. कार्यदल समिति
संयोजक – मुकुन्द श्याम गिरी
२. वार्ता समिति
संयोजक – राजु आचार्य
३. सचिवालय समिति
संयोजक – सगुन सुन्दर लावती
४. विधान मस्यौदा समिति
संयोजक – माधव कल्पित
५. आर्थिक समिति
संयोजक – दिलविकास भण्डारी
६. जेनजी संयोजन समिति
संयोजक – दिपिका भट्ट
७. संचार समिति
संयोजक – क्षितिज सापकोटा
८. कानूनी परामर्श समिति
संयोजक – डा. महेन्द्रजंग शाही
९. प्रशिक्षण विभाग
संयोजक – डा. पुष्प अधिकारी
१०. झण्डा, नाम तथा चुनाव चिन्ह समिति
संयोजक – मुकुन्द श्याम गिरी
११. महिला संयोजन समिति
संयोजक – अञ्जना शाह रावल
१२. युवा विभाग
संयोजक – फणीराज लोहनी
१३. भूपू सैनिक समिति
संयोजक – प्रकाश जंग कार्की
१४. अन्तर्राष्ट्रिय सम्पर्क समिति
संयोजक – डा. निराजन प्रसाईं
१५. नागरिक सुरक्षा समायोजन समिति
संयोजक – दुरेन राई
१६. साँस्कृतिक विभाग
संयोजक – दिनेश पाख्रिन
१७. युवा संगठन
संयोजक – निराजन बम
१८. प्रवास विभाग
संयोजक – शशी सिलवाल
१९. मजदुर संगठन समिति (ट्रेड युनियन)
संयोजक – चिरागमान सिंह कुँवर
२०. खेलकुद समायोजन समिति
संयोजक – दमन बस्नेत
२१. सुकुम्वासी समायोजन समिति
संयोजक – नरेन्द्र लामा
२२. सुझाव संकलन समिति
संयोजक – कर्ण बहादुर शाही
२३. वित्तीय समस्या समाधान समिति (लघुवित्त, मिटरब्याज, बैंक सहकारी)
संयोजक – देबी संग्रौला
२४. वातावरण समिति
संयोजक – पवित्रा सुब्बा श्रेष्ठ





0 Comments