दोषीलाई कारबाही माग्दै तरुण दलले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

दोषीलाई कारबाही माग्दै तरुण दलले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र

नेपालगन्ज ७ भदौ : दोषीलाई कडा कानूनी कारबाही गर्नुपर्ने माग गर्दै तरुण दल बाँकेले गृहमन्त्रीलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ बिनौना स्थित चोकमा मुख छोपेर आएका ब्यक्तिले गत शनिबार बेलुकी करिव साढे ७ बजेतिर धारिलो हतियार प्रहार गर्दा राप्तीसोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल घाइते भएका थिए । घाइते दुबैको भारतको लखनउमा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत तरुण दलले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाएको हो । तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहले सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई उक्त ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् । 

घटनामा संलग्न ब्यक्तीलाई बचाउन खोजिएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो । घटनामा संलग्नलाई बचाउने प्रयास गरिए तरुण दल चुप लागेर नबस्ने ज्ञापन पत्रमार्फत चेतावनी दिइएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेको मुलगेटमा आयोजित कोण सभामा नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह, तरुण दल क्षेत्र नम्बर–२ का अध्यक्ष धनराज बर्मा, तरुण दल नेपालगन्ज उपमहानगर अध्यक्ष संदिपजंग शाह, पीडित परिवारका सदस्यले दोषीलाई कडा कानूनी सजाय हुनुपर्ने माग गरेका थिए ।

ज्ञापत्र पत्र बुझाउनु अघि नेपाली काँग्रेस बाँकेको कार्यालय अगाडीबाट तरुण दलले प्रर्दशन सुरु गरेको थियो । प्रर्दशनका क्रममा विभिन्न नारा लगाइएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष ३४ वर्षीय ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको । उनीहरू चारैजना नेकपा (एमाले)निकट युवासंघमा आबद्ध रहेका खुलेको छ ।

यस्तै पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका–२ का रत्नबहादुर भण्डारी, बामे भनिने सन्दीप ओली र दाङको घोराहीका विशाल बस्नेत रहेकाछन् । वडाअध्यक्ष ओली नदीजन्य पदार्थको उत्खनन्, विक्री, ठेक्कपट्टामा संलग्न छन् ।

वडाअध्यक्ष ओली नेकपा एमाले आबद्ध ‘डन’ चक्रे मिलन समूहमा आबद्ध छन् । वडाध्यक्ष ओलीलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरीले बताएकोछ । घाइतेका अनुसार करिव १०÷१५ जनाको संख्यामा आक्रमण गर्न आएका थिए । घाइतेले केही आक्रमणकारीको पहिचान गरेको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भने अझै केही ब्यक्तीहरु फरार रहेको बताइएको छ ।  

Duduwa Tato hawa Bachau Image