पहिरोले घर भत्किँदा बालकको मृत्यु
- | अपराध–घटना
- १७ असार २०८१, सोमवार
- नेपाखबर
नेपालगन्ज १७ असार : पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ ईब्राका ६ बर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
सोमबार बिहान घर पछाडिबाट खसेको पहिरोले घर भत्किएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद सापकोटाले बताए ।
उनका अनुसार प्रिन्सका बुवा रमेश विक घाइते भएका छन्। घरमा ६ जनाको परिवार रहेको र अरु सकुशल रहेको डिएसपी सापकोटाले बताए । सोमबार बिहान साढे ५ बजे पहिरोले घर भत्किएको उनले बताए ।
मृतकको पोष्टमर्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको छ। घाइतेलाई पनि उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।





0 Comments