कोहलपुरमा प्लाष्टिकजन्य फुलगुच्छा तथा माला प्रयोग निषेध

कोहलपुरमा प्लाष्टिकजन्य फुलगुच्छा तथा माला प्रयोग निषेध

नेपालगन्ज ४ कार्तिक : बाँकेको कोहलपुरमा प्लाष्टिकजन्य फुलगुच्छा तथा माला प्रयोगमा निषेध गरिएकोछ ।

कोहलपुर नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै प्लाष्टिकजन्य फुलगुच्छा तथा माला प्रयोगमा रोक लगाएको हो ।

नेपालीहरुको चाडपर्वहरु शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्व  लगायत महोत्सव तथा अन्य सभा समारोहमा प्लाष्टिकजन्य फुलगुच्छा, माला लगायतका सामाग्रीहरुको प्रयोग, उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन कोहलपुर नगरपालिकाले आग्रह गरेकोछ ।

Duduwa Tato hawa Bachau Image

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा जारी उक्त सूचनामा भनिएकोछ ‘प्लाष्टिकजन्य मालाले वातावारणीय प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने, स्थानीय कृषकबाट उत्पादित फुलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरीने जस्ता समस्याहरु देखिने भएकोले यस कोहलपुर नगरपालिकामा स्थानीय कृषकहरुले उत्पादन गरेको सयपत्री फुलहरु लागायत विभिन्न स्थानहरुमा सयपत्री, गोदावरी, मखमली लागायतका फुलहरु उत्पादन भइरहेको परिप्रेक्षयमा प्राकृतिक रुपमा उत्पादन भएका उक्त फुलहरु एवम सोबाट बनेका मालाहरु मात्र प्रयोग गर्न हुन सम्बन्धित सबैमा अनुरोध छ ।’