बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध गर्दै अस्ट्रेलिया
- | नेपाखबर | सूचना-प्रविधि | स्वास्थ्य | अपराध–घटना
- १२ मंसिर २०८१, बुधवार
- नेपाखबर
नेपालगन्ज १२ मंसिर : अस्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने विधेयक अघि सारेको छ । यो नियमको उल्लंघन गर्ने कम्पनीलाई तीन करोड २० लाख अमेरिकी डलर जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।
यो कानूनसँगै अस्ट्रेलियाले उमेर प्रमाणीकरण प्रणालीको परीक्षण योजना अघि सारेको छ । सामाजिक सञ्जाल कम्पनीहरूले यही प्रणालीअनुसार बायोमेट्रिक वा सरकारी प्रमाणीकरण प्रयोग गर्नुपर्नेछ ।
यो हालसम्म कुनै पनि देशले अघि सारेको सबैभन्दा महत्वपूर्ण नियमनको प्रक्रिया हो । यस्तै, यो कुनै पनि देशले तय गरेको उमेहदको उच्च सीमा हो ।
यो विधेयक पारित भएर कानून बनेमा १६ वर्षमुनिका बालबालिकाको पहिल्यैदेखि रहेका अकाउन्ट पनि चल्न दिइने छैन ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई ‘ऐतिहासिक सुधार’ भनेका छन् । सामाजिक सञ्जाल एवं इन्टरनेट कम्पनी मेटा र गुगलले यो कानून पारितमा ढिलाइ गर्न माग गरेका छन् । दुवै कम्पनीले अस्ट्रेलियाले उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिसक्दासम्म कानून अघि नबढाउन माग गरेका हुन् ।
अस्ट्रेलिया सरकारले यसै हप्ताको अन्त्यसम्ममा उक्त विधेयक पारित गर्न सक्ने ठानिएको छ । सामाजिक सञ्जाल कम्पनीहरूले भने उचित परामर्शबिना कानून अघि बढाउन खोजेको आरोप लगाएका छन् ।





0 Comments