नेपालगन्ज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अध्यक्षमा शाही निर्वाचित

नेपालगन्ज महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अध्यक्षमा शाही निर्वाचित

नेपालगन्ज १४ पुष : नेपालगन्ज उपमहानरपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अध्यक्ष पदमा प्रेमा शाही सर्वसम्म निर्वाचित भएकी छन् । 

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको एक भेलाले स्वयमसेविका शाहीको नेतृत्वमा २३ सदस्यिय कार्यसमिति समेत चयन गरेकोछ । 

नेपालगन्ज उपमहानगरपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समुहको उपाध्यक्षमा शान्ति राना, सचिवमा आइला बोहरा, सहसचिवमा इन्द्रा कार्की र कोषाध्यक्षमा शुष्मा चौधरी निर्वाचित भएकी छन् ।

उपमहानगरपालिकाको प्रत्येक वडाबाट एकजना प्रतिनिधित्व हुनेगरि कार्यसमिति सदस्य चयन गरिएको छ । जसमा सदस्यहरु राधिका थापा, कोपिला थापा, सरस्वती प्रजापती, अन्जना कुँवर राना, जया चन्द, सुशिला कुवर, पुनम लखेर, संगिता चौहान, रन्जना शर्मा, अन्जली शर्मा, श्यामकुमारी आर्या, सरस्वती बाहुन, ममता शर्मा र पुन सोनी रहेकी छन् । सदस्य चयन हुन बाँकी वडा नम्बर १९, २२ र २३ वडाबाट छनोट भएका स्वयंसेविकालाई सदस्यमा राखिनेछ ।

नेपालगन्ज उपमहानरपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निर्वतमान अध्यक्ष मनकुमारी सिलवाल सल्लाहकारमा रहेकी छन् । उपमहानगरपालिकाभित्र एक सय ६६ जना महिला स्वयसेविका रहेकाछन् ।

नवनिर्वाचित अध्यक्ष प्रेमा शाहीले संगठनलाई व्यवस्थित, चलयमान बनाउन विभिन्न क्षमता अभिबृद्धिमुलक गतिविधि गरिने प्रतिबद्धता ब्यक्त गरिन् । 


Duduwa Tato hawa Bachau Image

राज्यको स्वास्थ्य अवस्था सुधारमा महत्वपूर्ण योगदान दिइरहेका महिला स्वयं सेविकाले भोग्दै आएका आम समस्या, चुनौती तथा बाधाहरुलाई समेत समाधान र सम्बन्धित निकायमा पु¥याउने उद्देश्यका साथ अघि बढ्ने उनले प्रण लिएको बताईन् ।