कोहलपुरमा शाहीको स्मृतिमा टि–२० क्रिकेट हुने

कोहलपुरमा शाहीको स्मृतिमा टि–२० क्रिकेट हुने

नेपालगन्ज २३ पुष : बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । 

युनाइटेड भिजन क्रिकेट क्लबको आयोजनामा आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी स्व. वीरेन्द्र शाहीको स्मृतिमा टि–२० क्रिकेट प्रतियोगिता हुन लागेको हो । 

क्लबले आफ्ना सहकर्मी शाहीलाई जीवन्त राख्न तथा उहाँको क्रिकेट मोहको सम्मानका लागि क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष गम्भीरजंग मल्लले बताए ।

तीन लाख पुरस्कार राशीको सो खुल्ला टि–२० क्रिकेट प्रतियोगितामा देशैभरिका १६ वटा टिमको सहभागिता रहने जनाउँदै तयारी शुरु गरिएको अध्यक्ष मल्लले बताए ।

कोहलपुर नगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष कल्पना अधिकारीले वार्षिक रुपमा स्व. वीरेन्द्र शाहीको स्मृतिमा हुने यस्ता प्रतियोगिताका लागि बजेट विनियोजनका लागि कार्यपालिकामै आवाज उठाउने बताइन् । उनले यस प्रतियोगिताका लागि वडाबाट बजेट रकमान्तर गरेर सहयोग गर्ने जनाइन् ।

Duduwa Tato hawa Bachau Image

राष्ट्रिय क्रिकेटका पूर्व कप्तान एलबी क्षेत्रीले विगत लामो समयदेखि स्थापना गरिएको कोहलपुर क्रिकेट मैदानको स्तरोन्नति कार्य छिटो पूरा गरेर ठुला–ठुला प्रतियोगिता आयोजना गर्नुपर्ने बताए । उनले जति बढी प्रतियोगिता हुनेछन् त्यति नै बढी खेलाडीले राम्रो खेल खेल्ने र जिल्ला तथा देशको नाम चम्काउने धारणा राखे ।