नेपालगन्जमा दशौं राष्ट्रिय योग दिवस मनाइयो
- | नेपाखबर | स्वास्थ्य
- १ माघ २०८१, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज १ माघ : नेपालगन्जमा दशौं राष्ट्रिय योग दिवस मनाइएको छ । दिवसको अवसरमा योग समिति नेपालले योगाभ्यास कार्यक्रम गरेको छ ।
योग समिति नेपालका अध्यक्ष एवम् योग गुरु गिरिराज शर्मा भट्टराईको अध्यक्षता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मङ्गलबार देशभर दशौं राष्ट्रिय योग दिवस मनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले शारीरिक र मानसिक तन्दुरुस्तीका लागि योग अति जरुरी रहेको बताए । हरेक नागरिकले अनिवार्यरुपमा योग गर्नुपर्नेमा उनले जोड दिए ।
योग समिति नेपालका अध्यक्ष एवम् योग गुरु भट्टराईले दिन प्रति दिन योगप्रतिको आकर्षण बढ्दै गएको बताए ।
कार्यक्रममा योग समिति नेपालका ३४ वटा केन्द्रका संयोजक र प्रतिनिधिहरुको सहभागितामा रहेको योग समिति नेपालका उपाध्यक्ष सुमित्रा पण्डितले बताइन् ।





0 Comments