१० गते प्रचण्ड खजुरा आउँदै

१० गते प्रचण्ड खजुरा आउँदै

नेपालगन्ज ४ माघ : पूर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउने भएका छन् । 

माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्घघाटन शत्रको अवसरमा आयोजाना गरिने खबरदारी सभालाई सम्बोधन गर्न माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले बताए । 

संयोजक पाण्डेले अध्यक्ष प्रचण्ड आउने कार्यक्रमलाई व्यवस्थित गर्न बिहिबार बसेको माओबादी केन्द्र जिल्ला समन्वय समितीको अनौपचारीक बैठकले बिभिन्न उपसमितीहरु निर्माण गरेर तयारीको काम अगाडी बढाएको जानकारी दिए । 

खजुरा बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिने खबरदारी सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, लुम्बिनी प्रदेशका ईन्चार्ज एंव सचिव चन्द्र प्रकाश खनाल ‘बलदेव’, सहईन्चार्ज एंव लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’, अध्यक्ष सुर्दशन बराल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र खजुरा गाँउपालिकाका अध्यक्ष राजकुमार बिकले जानकारी दिए । 

खबरदारी सभा अघि प्रचण्डले जनयुद्धका शहिद परिवारसँग अन्र्तक्रिया गर्ने र जनता माबि सन्तकुटीमा रहेको त्यस क्षेत्रका हिदहरुको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ । 

खबरदारी सभा अघि बिभिन्न जातजाति भाषाभाषीको झाँकी निकालेर खजुरा बजारको परिक्रमा गरिने अध्यक्ष बिकले जानकारी दिए । माओवादी केन्द्रले विजय हाँसिल गरेका स्थानीय तहहरुलाई नमुना पालिकाको रुपमा बिकास गर्ने निती लिएको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले खजुरा क्षेत्रको समग्र बिकासबारे स्थानीय अगुवा समाजसेवीहरुसँग पनि अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको उनले बताए । 

Duduwa Tato hawa Bachau Image

खजुरा गाँउपालिकामा माओवादी केन्द्रले गाँउपालिका अध्यक्ष सहित बहुमत कार्यपालिका छ । खजुर गाँउपालिकालाई समाजबादी मोडेलको नमुना पालिका बनाउने गरि काम भई रहेको गाँउ पालिका अध्यक्ष डम्बर बिक तुफानले जानकारी दिए ।