एक लाख रुपैयाँ चोरेको आरोपमा निशाको हत्या, नेपालगन्ज र महाराजगञ्जबाट आरोपी पक्राउ

एक लाख रुपैयाँ चोरेको आरोपमा निशाको हत्या, नेपालगन्ज र महाराजगञ्जबाट आरोपी पक्राउ

नेपालगन्ज ५ साउन : काठमाडौंको नयाँ बसपार्कस्थित होटलमा एक जना युवतीको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँको नयाँ बसपार्क मित्रनगर स्थित होटेल माउन्टेन एल्सिभाको गेस्ट हाउसमको चौथो तलाको कोठाभित्र मृत भेटिएकी निशा सुनारको हत्यामा संलग्न दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको हो । 

२५ वर्षीया सुनार गत असार ३ मा गेस्टहाउसको कोठामा मृत भेटिएकी थिइन् । उनको हत्यामा संलग्न आरोपमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने रमेश बुढा पक्राउ परेका हुन् भने अर्का जुम्लाको चन्दननाथ नगरपालिका–१ घर भई हाल नेपालगञ्ज बस्दै आएका ३८ वर्षीय दानबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेर पठाएको काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।

कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर काठमाण्डौ महानगरपालिका – १६, माछापोखरीमा बस्दै आएकी सुनारको हत्या गरेर आरोपीले गेस्टहाउसको पलङभित्र शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

असार ३२ मा बसपार्क स्थित सडकबाट निशालाई गेस्ट हाउसमा लगेर रमेशले हत्या गरेका हुन् । आफैँले लगाएको कम्मरको पेटीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी घिमिरेले बताए ।

घटना यस्तो छ

कास्की जिल्लामा बसेर काम गर्दै आएका रमेश बुढा आफ्नो घर फर्किँदै थिए । पोखराबाट दैलेख हिँडेका उनी असार ३१ मा बालाजुस्थित नयाँ बसपार्कमा ओर्लिए ।

बसपार्क स्थित मूल सडकमा भेटिएकी निशाले रमेशलाई सोधिन्, ‘जाने हो ?’ होटलमा गएर सँगै बस्न आग्रह गरेपछि रमेश निशासँग गेस्टहाउसमा जान तयार भए ।

गेस्टहाउसमा गएर दुवै जना कोठामा प्रवेश गरे । कोठामा प्रवेश गरेपछि निशाले भनिन्, ‘तपाई नुहाएर आउनुस् ।’

रमेश नुहाउन बाथरुममा प्रवेश गरेपछि निशाले बाहिरबाट चुकुल लगाइन् । त्यसपछि झोलामा भएको १ लाख रुपैयाँ चोरेर उनी हिँडेको रमेशले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । घरमा परिवारलाई फोन गरेर उनले आफू पैसा लिएर आउँदै छु भनेका थिए । तर, घर नपुग्दै उनी रकम विहीन भए ।

पैसा चोरी भएपछि उनले आफ्ना साथी दान बहादुर शाहीलाई फोन गरे । शाहीले बसपार्क स्थित अर्को होटलको ४०४ नम्बर कोठा बुक गरेर बसेका रहेछन् । साथीसँग बियर र खाना खाएर उनी निशालाई खोज्न बालाजु, माछापोखरी र बसपार्क क्षेत्रमा निस्किए ।

असार ३२ मा निशा बसपार्क क्षेत्रमा नै भेटिइन् । रमेशले मास्क लगाएका थिए, निशाले चिनिनन् । आफूलाई अघिल्लो दिन बोलाएकै शैलीमा रमेशले निशालाई सोधे, ‘होटलमा जाने हो ?’

त्यसपछि निशालाई लिएर उनी साथीले बुक गरेको होटलको ४०४ नम्बर कोठामा पुग्छन् । कोठामा छिरेर मास्क खोलेपछि आरोपीले निशासँग आफ्नो १ लाख रकम चोरेको बारे प्रश्न गर्छन् । निशाले भन्छिन्, ‘ए तँ पो हो ?’

कोठामा भेटिएको बियरको बोतलले निशाले रमेशलाई प्रहार गर्न खोज्छिन् । तर, रमेशले उनलाई नियन्त्रणमा राखेर आफ्नो कम्मर पेटीले उनको घाँटी कस्छन् । निशा अचेत भएपछि आफूलाई प्रहार गर्न खोजेको बोतल उनले निशाको योनीमा पसाइदिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

Duduwa Tato hawa Bachau Image

हत्या गरेर रमेशले निशाको शव पलङभित्र व्यवस्थापन गरे । बोतलले निशाको टाउकोमा पनि प्रहार गरेको भेटिएको छ । घटनास्थलमा रगत थिएन । हत्या गरेपछि कोठामा उनका साथी दानबहादुर आइपुगे ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार दानबहादुरले हत्याबारे थाहा पाएनन् । खाना खाएर रमेश र दानबहादुर शव व्यवस्थापन गरिएको पलङमै रातभर निदाए । भोलिपल्ट उनीहरू त्यहाँबाट बाहिरिए ।

साउन १ मा पनि सो कोठा भाडामा लाग्यो । गेस्टहाउसका ग्राहक त्यस दिन पनि सोही बेडमा सुते । तर, हत्याबारे कसैले थाहा पाएनन् । साउन ३ मा कोठा सफा गर्ने क्रममा गन्ध आएपछि गेस्टहाउसका स्टाफले शङ्का लागेर प्रहरीलाई खबर गरेका हुन् । 

‘शव भेटिएको रूम कसले बुक गरेको रहेछ भनेर हेर्दा दानबहादुर शाहीको नाम र नम्बर उल्लेख थियो । सीसीटीभी पनि हे¥यौं, युवती होटलभित्र आएको देखिन्छ’, एसएसपी घिमिरेले भने,‘शाही र बुढा पनि सँगै देखिन्छन् । अनि दुवैलाई पक्राउ गर्दा सबै तथ्य खुल्यो ।’ 

प्रहरीले पहिला शाहीलाई पक्राउ गरेको थियो । त्यसपछि मात्रै बुढालाई पक्राउ गरेको हो । हत्यामा संलग्न आरोपी बुढालाई महाराजगञ्ज स्थित साम्बाला होटल नजिकैबाट पक्राउ गरिएको एसएसपी घिमिरेले जानकारी दिए । 

अहिलेसम्मको अनुसन्धानबाट हत्यामा रमेश बुढाको मात्रै संलग्नता देखिएको एसएसपी घिमिरेले बताए ।  शाही र बुढाविरुद्ध कर्तव्य ज्यान कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।