सीमामा सशस्त्रको निगरानी: अपराध नियन्त्रणसंगै राजस्व संकलनमा योगदान

सीमामा सशस्त्रको निगरानी: अपराध नियन्त्रणसंगै राजस्व संकलनमा योगदान

नेपालगन्ज १० साउन : बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा सशस्त्र प्रहरीले सुरक्षा जाँच, अवैध सामान तथा हुण्डी नियन्त्रण जस्ता गतिविधि गर्दै आएको छ ।

नेपाल–भारत सीमामा हुने अवैध तस्करी, चोरीपैठारी र अवाञ्छित गतिविधि रोक्न सशस्त्र प्रहरीको टोली नियमित गस्ती तथा कडा चेकजाँचमा खटिएको हुन्छ। जसले अपराध नियन्त्रणसङ्गै राजश्व संकलनमा योगदान पुर्याइरहेको छ।

साउन लागे यता शसस्त्रकाे सक्रियता बढेपछि यस नाकामा लाखौं मुल्यका लागू औषध मात्रै नभइ यसको काराेवारमा संलग्न व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएको छ ।


शसस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएका प्रहरीकाे निगरानीमा अहिले जमुनाह नाकामा अबैध माल ओसारपसार राेकिएकाे छ ।

गणकाे सूचनाअनुसार साउन नाै गते मात्रै दुई लाख ३० हजार बराबरकाे लागू औषध र केही व्यक्ति पक्राउ परेका छन । पक्राउ परेका सबैलाई कानूनी कारवाहीका लागि बाँके प्रहरीमा पठाइएको छ भने बरामद गरिएको सामान भन्सारकाे जिम्मा लगाइएको छ ।


सीमामा अबैध कार्य राेक्नुका साथै राज्यलाई राजश्व संकलनमा यहाँको सशस्त्र प्रहरीले यतिवेला ठुलो याेगदान पु-याएकाेछ ।

Duduwa Tato hawa Bachau Image

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यस बर्ष सशस्त्रकाे पहलमा मात्रै ११ कराेड ७१ लाख ६३ हजार राजश्व भन्सारमा दाखिला भएको  छ । जसमा काठ बरामद २२ लाख ४८ हजारमा नष्ट मूल्य ८५ लाख २३ हजार रहेकाे छ ।