खजुरा क्षेत्रमा लो भोल्टेजको समस्या समाधान

खजुरा क्षेत्रमा लो भोल्टेजको समस्या समाधान

नेपालगन्ज ११ साउन : बाँकेको खजुरा क्षेत्रमा अब लो भोल्टेजको समस्या नआउने भएकोछ । लामो समयदेखि उपभोक्ताहरुबाट लो भोल्टेजको गुनासो आएपछि विद्युत प्राधिरण खजुरा शाखाले उपभोक्ताको गुनासो सम्बोधन गरेको जनाएको छ । 

नेपाल बिद्युत प्राधिकरण खजुरा उप वितरण केन्द्रको क्षेत्रमा पर्ने बजार तथा ग्रामीण बस्तीहरूमा भोल्टेज सुधार गरिएको हो । 

प्राधिकरण खजुरा उप वितरण केन्द्रको क्षेत्रमा पर्ने बजार तथा ग्रामीण बस्तीहरूमा भोल्टेज सुधारका लागि आवश्यक स्थानमा ट्रान्सफर्मर जडान, पुराना विद्युत संरचनाको क्रमिक स्तरोन्नति तथा नयाँ लाइन विस्तारका कार्यहरू सम्पन्न गरिएको उप वितरण केन्द्र खजुराका प्रमुख दिनेशकुमार वलीले जानकारी दिए ।

नेपालगन्ज वितरण केन्द्र प्रमुख सञ्जय कुमार मिश्रको निर्देशनमा विद्युत सेवाबाट वञ्चित, आवाजविहीन तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी विद्युत पहुँच विस्तारलाई प्राथमिकता दिइएको ओलीले बताए ।

उनका अनुसार भोल्टेज सुधार कार्यबाट घरेलु तथा व्यावसायिक ग्राहकसँगै सिँचाइ ग्राहक तथा कृषक समुदायले समेत प्रत्यक्ष लाभ प्राप्त गर्नेछन् । ‘सुधार अभियानले खजुरा क्षेत्रको विद्युत आपूर्तिलाई थप गुणस्तरीय, भरपर्दो र सुरक्षित बनाउँदै ग्रामीण तथा विपन्न समुदायको सामाजिक–आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउनेछ।’ उनले भने ।

Duduwa Tato hawa Bachau Image

ओलीले दशैं आगाडिनै नंयालाईन बिस्तार तथा बितरण लाईन सुधारको लागि प्राथमिकताका साथ झन्डै ५०० पोल गाड्ने तथा आवश्यक परेका स्थानमा ट्रान्सर्फमर जडान गर्ने कार्यलाई प्राथमिकता दिईएको जनाए ।