सुनसरी घटना : मुस्लिम विरोधी प्लेकार्ड बोकेर काठमाडौँमा हिन्दु युवाले प्रदर्शन गरे

सुनसरी घटना : मुस्लिम विरोधी प्लेकार्ड बोकेर काठमाडौँमा हिन्दु युवाले प्रदर्शन गरे

नेपालगन्ज १२ साउन : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा हिन्दु युवाहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी युवाहरूले मुस्लिम विरोधी नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरूले सुनसरी घटनामा संलग्नमाथि कडा कारबाही गर्न, दोषीलाई कानूनी दायरामा ल्याउन तथा यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले धार्मिक सद्भाव र नागरिक सुरक्षाको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । उनीहरूले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कानूनअनुसार सजाय दिनुपर्ने माग गरेका राखेका छन् ।


यसैबीच, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ । प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।

प्रदर्शनकारीले विराटनगरमा पनि प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरिरहेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार राजमार्गको पकलीदेखि कोशी ब्यारेज क्षेत्रको ठाउँठाउँमा अवरोध छ ।


चोकहरूमा मानिस भेला भएर प्रदर्शन गरिरहेको उनले बताए । प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकेको छ । उता देवानगञ्जको अवस्था भने सामान्य बन्दै गएको छ ।


Duduwa Tato hawa Bachau Image

आईतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए ।

घटनापछि स्थीति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कफ्र्यु आदेश जारी गरेको थियो । कफ्र्यु उल्लङ्घन गर्दै सोमबार पनि दिनभर प्रदर्शन भयो । स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आज मंगलबार पनि यथावत् छ ।